February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट

२०७९ फाल्गुन ३

446

काठमाडौंः बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ४०० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। कारोबारको आधारमा अपि हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यसको आज ६ करोडभन्दा बढीको कारोबार भएको छ । बुधबारको कारोबारमा निर्माण र प्रशोधन बाहेक सबै उप सुचकहरुमा ओरालो लागेको छ। आजको कारोबार युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ ८।५४ प्रतिशतले बढेको छ।