काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा आउन आग्रह गरिएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रास्वपालाई पुनः सरकारमा सहभागी हुन आग्रह गरिएको सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतक घटनाक्रम, आसन्न राष्ट्रपति पदको निर्वाचनलगात विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष लिङदेन मात्र सहभागी भएका थिए ।