October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

वायुसेनाको विमान धानखेतमा खस्दा दुई जनाको मृत्यु

२०७९ माघ ११

336

काठमाडौँः  प्रशिक्षण उडानमा रहेको फिलिपिनी वायुसेनाको विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुबै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् ।

वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो कास्टिलाले विज्ञप्ति जारी गर्दै विमान खेतमा खसेको जानकारी दिए । यद्यपि उक्त विमान दुर्घटनामा भएको मानवीय क्षतिबारे केही उल्लेख गरिएको छैन ।