February 26, 2026, Thursday
२०८२ फाल्गुन १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सडक मर्मत नहुँदा गलकोट रमुवाका स्थानीयलाई सास्ती

२०८० श्रावण १८

962

सुरेश छन्त्याल। बागलुङ

वर्षायामको सुरुवातसँगै मोटर बाटो बिग्रदा बागलुङको गलकोट नगरपालिका वडा नं १० पाण्डबखानी रमुवाका स्थानीयले समस्या झेल्दै आएका छन् । १ सय ४३ घर धुरी भएको रमुवाका जनता अहिले महँगो खाद्यन्न आयातसँगै त्यहाँ उत्पादन भएको आलु बिक्री गर्न सास्ती भएको छ । बिरामी हुँदा अस्पताल जानसमेत ३ किलोमिटर बोक्नु पर्ने र बाँकी सडक बाटोमा हिँड्न कठिनाई भएको रमुवाका स्थानीय चक्र बहादुर रानाले जानकारी थाहा यात्रालाई जानकारी दिएका छन् ।

अहिले हटिया बागलुङबाट ल्याएको खाद्यन्न खराब बाटोका कारण बीच बाटोबाटै स्थानीयलाई बोकाएर सामान पसलसम्म पुर्‍याउनु परेको बुद्ध किराना पसलका सञ्चालक बुद्ध विकले बताए । बाटो मर्मतका लागि नगरपालिकाले चासो नै नदिएको स्थानीयको गुनासो छ । सवारी साधन तथा पैदल यात्रा गर्न समेत कठिनाई भए पछि स्थानीयले श्रमदान गरेर बाटो मर्मत को प्रयास समेत थालेका छन् ।

आफूहरुले उत्पादन गरेको नगदे बाली आलुसमेत बिक्री गर्न नसकेको र आलु एउटै घरमा ३० मुरी भन्दामाथि उत्पादन गरेको स्थानीयको भनाइ छ । वर्षाको समय भएकोले बाटो मर्मत गर्दा पनि पटक पटक बिग्रने गरेको र १ वर्ष सम्मको लागि कन्स्ट्रक्सनले नै काम गर्नुपर्ने भएकोले आफूले ठेकेदारलाई ध्यानाकर्षण गराएको गल्कोट नगरपालिका वडा नं १० का वडाध्यक्ष भक्त काउचाले बताएका छन् ।

बाटो मर्मतको लागि सघन सहरी विकास कार्यक्रम अन्तर्गत को १ करोडको रकमलाई सर्वशिद्ध कन्स्ट्रक्सनले ठेक्कामार्फत काम गरेको थियो ।