काठमाडौंः नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ। कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका सांसद महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
महोत्तरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।