October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको भने स्थिर

२०७९ फाल्गुन २

388

काठमाडौंः सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।