October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

२०७९ फाल्गुन ३०

386

काठमाडाैं । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो । अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन् । आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।