काठमाडौंः आज २९ औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा आज नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले देशैभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरेको छ । भृकुटीमण्डपबाट बृहत सांस्कृतिक झाँकीसहितको र्याली निकालेर सुरु हुने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको उपस्थिति रहने छ ।
दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।
हरेक वर्ष अगस्ट ९ तारिखमा मनाउन थालिएको विश्व आदिवासी दिवस यस वर्ष पनि पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं,परम्परागत ज्ञान सिपको प्रबद्र्धन गर्दै पुख्र्यौली भूमि,भाषा र सँस्कृतिको संरक्षण गरौं भन्ने मूल नारासहित मनाउने भएको छ ।