August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

आफ्नो कार्यकालमा नराम्रो काम नगर्ने र गर्न नदिने : प्रधानमन्त्री प्रचण्ड

२०७९ पुष २३

384

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने दाबी गरेका छन्। शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए।

‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो। यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने, ‘म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु। सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्वोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘मेरो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरियो। विकास र समृद्धिको बीजारोपण गरियो। किसान लगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो। दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संघीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो। तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ। त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ।’