काठमाडौं: नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नंवर १ का गठबन्धन उम्मेदवार प्रकाशमान सिंहले आफ्नो पक्षमा जनमत आउने दावी गरेका छन् ।
काठमाडौंको पकनाजोलस्थीत मतदान केन्द्रमा मतदान गर्दै नेता सिंहले चूनावी प्रचारप्रसारका क्रममा जनताले दिएको साथले आफु चूनाव जित्नेमा ढूक्क रहेको बताएका हुन् । उनले यसअघिको संविधान सभाबाट संविधान निर्माण र पहिलो प्रतिनिधिसभा संविधानलाई रक्षा गर्नमा नै बितेकाले अवको प्रतिनिधिसभाबाट संविधान कार्यान्वयनका साथै मुलुकको बिकास र समृद्धिमा ध्यान केन्द्रति गर्ने धारणा राखेका छन् ।
त्यस्तै नेपालको राष्ट्रिय राजनीतिलाई स्थीरता दिनका लागि पनि आफुले म्यान्डेड मागेको उनको भनाई छ ।