August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

एमसीसी विरुद्ध ६ दलको प्रदर्शन र सभा (फोटो फिचर)

२०७८ पुष ६

1.1K

काठमाडौं : सरकारले एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी गरिरहेका बेला ६ बामपन्थी दल र दुई मोर्चा सम्बद्ध कार्यकर्ताहरुले राजधानी लगायत देशैभरि प्रदर्शन र सभा गरेका छन्। विपल्व नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी–माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषी कट्टेल नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सिपी मैनाली नेतृत्वको नेकपा (माले) तथा राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले देशव्यापी विरोध प्रदर्शन र सभा गरेका हुन्।

राजधानीमा माइतिघर मण्डलाबाट सूरु भएको संयुक्त विरोध प्रदर्शन बानेश्वर पुगेर सभामा परिणत भएको थियो। सभामा नेताहरु आहुति,धमेन्द्र बास्तोला, सिपी मैनाली, सिपी गजुरेल, रामप्रकाश पुरी, ऋषी कट्टेल, मनोज भट्ट लगायतले बोलेका थिए।

हेर्नुहोस् केही तस्बीरहरु :