काठमाडौँः काठमाडौँ महानगरपालिकाले फोहोर न्यूनीकरण अभियान सुरु गरेको छ । महानगरपालिकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
महानगरको वातावरण विभागले सूचना जारी गर्दै महानगरपालिकाको वातावरण तथा कृषि विभागबाट बिन लैजान भनेको छ । कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरले बिन वितरणको अभियान नै थालेको छ।