April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

किरात समुदायमा आज चासोक तङ्नामको रौनक

२०७९ मंसिर २२

656

काठमाडौंः आज किरात समुदायमा उधौली पर्व अर्थात चासोक तङ्नाम विभिन्न स्थनमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाइँदै छ । यो पर्व विशेषत पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खा जातीले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्व मनाउने प्रचलन छ ।

दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भनिन्छ । प्रकृति पूजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् ।

यही अवसरमा किरात याक्थुङ चुम्लुङले राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा छलफल, अन्तरक्रिया र तङसिङ तक्माको आयोजना गर्ने जनाएको छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मनाउँने गर्दछन् ।

मुलुकमा लोकतन्त्र आएसँगै नेपाल सरकारले आजको चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । यस पर्वका अवसरमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र तेह्रथुमसहित राजधानीका काठमाडौं ललितपुर र आदीवासी जनजातीको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पूजा, चियापान, सांस्कृतिक प्रतियोगिता झाँकी प्रदर्शन र वनभोज खाने कार्यक्रम आयोजना गर्ने चलन छ ।