August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गएराति भएको विश्वकप खेलबाट कुनकुन देश पुगे नकआउटमा ? हेर्नुहोस्

२०७९ मंसिर १६

540

काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २९१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन ग¥यो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १९१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २९१ को जित दिलाए । जितसँगै जापान समूह ुईु को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । साथै स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
त्यस्तै मोरोक्को पनि नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राती भएको खेलमा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै मोरोक्को समूह एफको विजेता समेत बन्यो ।

मोरक्कोको जितमा हाकिम जिएच र युसेफ नसरीले गोल गरे। भने मोरक्को डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गरेका थिए । पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो।
विश्वकप अन्तर्गत नै बेल्जियम पनि समूह चरणबाट बाहिरिएको छ ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।
त्यस्तै कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनी कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेल जिते पनि जर्मनी समूह ईको अंक तालिकामा तेस्रो स्थानमा भएकाले समूह चरणबाटै बाहिरिएको हो । जर्मनीले ३ खेलमा ४ अंक मात्र जोड्न सकेको हो।

गएराति भएको रोचक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिएका थिए। पहिलो हाफमा १ शून्यले अगाडि रहेको जर्मनीले थप तीन गोल दोस्रो हाफमा गरेको हो। खेलको ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ को बराबरीमा फर्काएका थिए।

७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाएका थिए। खेलको ७३ औं मिनेटमा काइ हार्भट्जले जर्मनीलाई २–२ को बराबरीमा फर्काए। खेलको ८५ औं मिनेटमा हार्भट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। खेल एक मिनेट बाँकी हुँदा जर्मनीका लागि निकलस फुल्करुगले थप एक गोल गरेका थिए ।