October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गरिमा विकास बैंकको नाफा ५० करोड

२०७९ माघ ८

390

काठमाडौंः गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा बैंकको मुनाफामा सामान्य वृद्धि भएकोे देखिन्छ ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ५० करोड २१ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.८६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १.८६ प्रतिशतले बढेर ७१ करोड ६७ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ७० करोड ३९ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि ३४।२६ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।