October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

चोलेन्द्र शमशेरलाई सर्वोच्च प्रवेशमा रोक्न बारको धर्ना

२०७९ मंसिर २१

466

काठमाडौँः संघीय संसदका महासचिवले महाभियोग निष्क्रिय भएको पत्र पठाएपछि सर्वोच्च फर्किने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न नेपाल बार एसोसिएसनले अदालत परिसरमा धर्ना सुरु गरेको छ । महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानुनी भएको बारको निष्कर्ष छ ।

नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद सचिवालयका महासचिवलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाउने अधिकार नभएको बताए। सर्वोच्च गेटमा जबरालाई रोक्न धर्नामा बसेका घिमिरेले सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै अध्यक्ष घिमिरेले आफूहरूले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने पनि बताएका छन् ।