April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा, रामेछाप गोकुलगंगा चारको भेला सम्पन्न

२०७९ चैत्र २८

608

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,रामेछाप गोकुलगंगा गाउँपालिका ४ को वडा भेला सम्पन्न भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको केन्द्रीय सदस्य जीतमान घतानेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले १९ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जस अनुसार संयोजकमा शारदा नेपाली,सह संयोजकमा धनमाया नेपाली र सदस्यहरुमा सनमाया नेपाली,मसली दमाई,मन्जु नेपाली,बालकुमारी नेपाली,मनिषा नेपाली,कल्पना नेपाली,शोभा दर्नाल,विक्रम नेपाली,मैया नेपाली,मनिराम दमाई,पदम बहादुर दमाई,निर्मल नेपाली,मन्जु नेपाली,अप्सरा नेपाली,सावित्री नेपाली,हरि बहादुर नेपाली र तारा नेपाली रहेका छन् ।

हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।