October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जिल्ला न्यायाधीशमाथि नै बलात्कारको आरोप

२०७९ मंसिर २०

480

काठमाडौंः कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ। एक महिलाले न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । पीडित महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ।

यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीको मुद्दामा जाहेरी दिएका छन्। यी दुवै उजुरी दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीनबहादुर घलेले जानकारी दिए।बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध निवेदन आएको र गिरीले पनि ती महिला विरुद्ध चोरीको आरोप लगाउँदै निवेदन दिएका छन ।
तर दुबैको मुद्दा दर्ता नगरेर प्रारम्भिक अनुसन्धान गरिराखेको जनाएको छ । जाहेरी दर्ता नगरिएको भन्नेबारे भने उनले थप बताउन चाहेनन्।