September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

नासाले पठायो चन्द्रमामा अन्तरिक्ष यान

२०७९ कार्तिक ३०

1.1K

ओरियनले अन्तरिक्ष यानलाई फ्लोरिडाबाट नासाको केनेडी स्पेस सेन्टरको लन्च प्याड 39B बाट मेगा मून SLS रकेट मार्फत प्रक्षेपण गरिएको छ ।

नासाले (NASA )आर्टेमिस मिसन मार्फत प्रक्षेपण गरेको ओरायन अन्तरिक्षयानले छ हप्ता लगाएर चन्द्रमाको वरिपरि परिक्रमा र अध्ययन गरि पृथ्वी तर्फ फर्किने छ ।

यो यानले पृथ्वीबाट 280,000 माइल (450,000 किमी) र चन्द्रमाको टाढाको छेउमा 40,000 माइल (64,000 किमी) यात्रा गर्नेछ, विज्ञान र प्रविधि पेलोडहरू बोकेर गएको यो रकेटले चन्द्र विज्ञान, प्रविधि विकास,चन्द्रमा अध्यनका साथै गहिरो अन्तरिक्ष विकिरण को बारे मा हाम्रो बुझाइको विस्तार गर्ने छ।

नासाले यसै आर्टेमिस मिसनहरू मार्फत 2024 मा पहिलो महिला अन्तरिक्ष यात्रीको साथै १ जना पुरुष अन्तरिक्ष यात्रीहरुलाई समेत चन्द्रमा पठाउँदै छ । आजको यो मिसन त्यसैको पहिलो कदम को परिक्षण मिसन हो ।