April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपाल कम्युनिष्ट पार्टीले जनताको सुख दुःखमा पार्टी पुग्ने योजना बनाउने

२०७९ माघ २५

432

नेपाल कम्युनिष्ट पार्टीले नवौं केन्द्रिय समितीको तेस्रो पुर्ण बैठकका निर्णयहरु सार्बजनिक गर्न राष्‍ट्रिय नाच घर जमलमा पत्रकार सम्मेलन गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताएका छन् ।

उनले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई पार्टीले  मुख्य बनाउने निर्णय गरेको पनि बताए ।

‘पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने, पार्टीले संसदमा
रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ’, उनले भने, ‘विश्वमा हाबी रहेको भूमण्डलीकृत पुँजीवादका कारण मानव जातिले दोस्रो विश्वयुद्ध पछि सबैभन्दा खराब अवस्था भोग्नु परिरहेको छ। बैकठले पार्टी संगठनमा निर्णय लिँदै जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरी जनताको सुख दुःखमा पार्टी पुग्ने योजना अघि सारेको छ।’