October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यकः रामकुमारी झाँक्री

२०७९ माघ २८

450

काठमाडौंः नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताएकी छन् । अभिवादन एक्सपिडिसन होलिडेजले आयोजना गरेको साउथ एसिया बिजनेस पार्टनरसिप नेपाल बंगलादेश फ्रेण्डसिप सोसाइटीको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले समुदाय समुदायबीच साझेदारी गर्दै अगाडि बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

दुई देशबीचको व्यापार साझेदारीका लागि नेपालका कतिपय कानुन संशोधन र कतिपय नयाँ बनाउनुपर्ने उनले बताइन् । साउथ एसिया बिजनेस पार्टनरसिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउँदा दुई देशको आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पर्ने धारणा राखेका छन् ।