October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत विरुद्ध नै भ्रस्टाचारको मुद्धा दायर

२०७९ माघ ११

396

काठमाडौंः सुर्खेत पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित होटल सञ्चालक र अन्य दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरूविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएका थिए । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैटौँ लालबहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेका थिए । उनीहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावीसहित जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।