August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

पाँच वर्षे कार्यकालको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न

२०७९ मंसिर ४

588

काठमाडौं: आगामी पाँच वर्षे कार्यकालका लागि मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आज सम्पन्न भएको छ । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको हो ।

दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखा लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका थिए भने निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो । मतदान सम्पन्न भएलगतै मटपेटिका सिल गरि सम्बन्धित मतगणना स्थलमा लगिएको छ ।