April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ

२०८० बैशाख २१

610

भैरहवाः नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिए । तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् ।

उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।