August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

  प्रतिनिधि र राष्ट्रिय सभाको बैठक यहि २५ गतेबाट सुरू हुने

२०७९ पुष २३

522

काठमाडौं :  प्रतिनिधि र राष्ट्रिय सभाको बैठक यहि ९पुस २५ गते० सोमबारबाट सुरू हुने भएको छ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद सचिवालयले एक सिटको फरकमा भौतिक दूरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावली बमोजिम सञ्चालन गर्नुपर्ने स्थिति रहेको छ ।

शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभाको नियमावली २०७५ बमोजिम बस्ने सहमति भएको छ । पहिलो बैठकमा नयाँ कार्यविधि बनाएर बैठक बस्ने वा प्रतिनिधि सभाको पुरानो नियमावली बमोजिम बन्ने भन्ने विषयमा शुक्रबार ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठकमा छलफल गराउनुभएको थियो ।

प्रतिनिधि सभाको पहिलो बैठकको सुरूमा ज्येष्ठ सदस्यले प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम बैठक सञ्चालन हुने प्रस्ताव राख्नेछन् । सो प्रस्ताव संसद्को बैठकबाट पारित भएपछि बैठकमा दलीय आधारमा छलफल सुरू हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेताले सम्बोधन गर्नेछन् । प्रतिनिधि सभाको २६ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सो दिन पनि दलीय आधारमा छलफल हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावका दिन छलफलका लागि संसद् सचिवालयले दुई घन्टाको समय छुट्याएको छ ।