October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रहरी जवान नै गोली लागेर मृत अवस्थामा फेला

२०७९ फाल्गुन ११

398

काठमाडौंः कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।

प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।