May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बालकुमारी चोकबाट

२०८० माघ ५

620

  • निश्चल निजात

प्रथमतः
बालकुमारी दुःखनै हो
बालकुमारी संगै दुखिरहेछ देश !
अन्ततः
बालकुमारी सुख पनि हो
बालकुमारीसंगै बग्नेछ –
बालुवाटारको फोहोर !!

एउटा नमीठो धून
बजिरहेछ– युगौंदेखी
उही बुढो बालुवाटारको लागि
सिंहदरबार वर्षाइरहेछ गोली–वर्षा
र, हामी बगाइरहेछौँ फगत रगत !
समयको यही बिन्दुमा उभिएर
हाम्रा सघन उल्टा–यात्राहरुको
किन नगर्ने निर्मम समिक्षा ?

छोडेर गर्दागर्दैका काम
ठिक यत्तिबेला
उभिएको छु म
बालकुमारी चोकैमा ।
ए प्रिय युवाहरु हो !
आउ सँगै बगौं बालकुमारीमा
र, बगाऔं सधैंकालागी
बुढो बालुवाटारलाई ।।