June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

माओवादीको निर्णय राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने

२०७९ माघ १३

370

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय गरेकाे उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको ।’ महराले भने ।

कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको माओवादी नेताहरुकाे बुझाई छ ।