August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

माओवादीधारका दलहरूको बैठक सुरु

२०७९ फाल्गुन २६

440

काठमाडौंः माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा ९क्रान्तिकारी माओवादी० का वरिष्ठ नेता सिपी गजुरेल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, वैज्ञानिक कम्युनिस्ट समाजवादी पार्टी,नेपालका महासचिव विश्वभक्त दुलाल(आहुति), माओवादी नेता कर्णजित बुढाथोकी र नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायतका नेताहरु सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ । बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै आजका लागि सारिएको छ। उक्त रिटमा सम्भवतः आजै पहिलो सुनुवाइ हुनेछ ।