August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

“युरोपेली बैङ्कहरू अमेरिकी बैंकहरूकाे स्थितिमा अत्यन्तै बलिया छन्”

२०७९ चैत्र ३

386

काठमाडाैं । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।  अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार  सो टिप्पणि गरेका हुन् ।

उनले भने,”यस क्षेत्रका  बैङ्कहरू “अत्यन्तै ठोस” आकारमा छन्  ।  दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ ।  समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ५४  अर्ब डलरसम्म ऋण लिनु परेको छ।”  युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिदैँ सो टिप्पणी गरेका हुन् ।

“फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्” उनले भने ।