October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुने

२०७९ चैत्र २१

784

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिट निवेदकले माग गरेका छन् । रास्वपा सभापति समेत रहेका लामिछानेले सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले चितवनमा उम्मेदवारी दर्ता गराएसँगै यता सर्वोच्चमा पनि उनीविरुद्ध राहदानी दुरुपयोग मुद्दा दर्ता भएको हो।