August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

वायुसेनाको विमान धानखेतमा खस्दा दुई जनाको मृत्यु

२०७९ माघ ११

424

काठमाडौँः  प्रशिक्षण उडानमा रहेको फिलिपिनी वायुसेनाको विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुबै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् ।

वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो कास्टिलाले विज्ञप्ति जारी गर्दै विमान खेतमा खसेको जानकारी दिए । यद्यपि उक्त विमान दुर्घटनामा भएको मानवीय क्षतिबारे केही उल्लेख गरिएको छैन ।