काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कात्तिक ४ गते बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।
साथै चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान समेत चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा भवनमा आयोवित पत्रकार सम्मेलनमा उनले बताए ।




