August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

विमान दुर्घटनामा परेका ४ जना अझै बेपत्ता,खाजीकार्य जारी

२०७९ माघ २

400

काठमाडौंः पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका मध्ये बाँकी ४ जना अझै फेला परेका छैनन् । आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएको थिएन।

आज सोमबार बिहानैदेखि उनीहरूको खोजीकार्य भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ। पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।

काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन्। चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना सवार रहेका थिए।