October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

श्रमिकको समस्या सम्बोधन गर्न मोबाइल एप ल्याउने तयारी

२०७९ माघ १७

426

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानकारी गराउन पाउने गरी मोबाइल एप ल्याउन लागिएको बताएका हुन् ।

उनले मन्त्रालयमा रहेको कल सेन्टरको नामलाई परिवर्तन गरी ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’ बनाइएको बताए । श्रम मन्त्रालयमा ५ वर्षदेखि नै श्रमसम्बन्धी गुनासा सुन्न कल सेन्टर स्थापना भएको थियो । यो सेन्टरलाई श्रम मन्त्रीहरुले सधैं नाम हेरफेर गर्दै आएका छन् । अर्यालले केन्द्रमा आएका गुनासोलाई उचित समयमै समाधान गर्न समय कार्ड समेत लागू गरिएको बताए । साथै उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको ब्यवस्थापन गरिएको उनले जानकारी दिए ।