August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

समानुपातिकको मतगणना सकियो,कुनकुन दलले कटाए थ्रेसहोल्ड ?

२०७९ मंसिर २०

460

काठमाडौंः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ।

आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई पत्र पठाउने आयोगका समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

उनका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र र जनमत पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । आयोगको बैठक बसेर दलले पाएको सिट संख्याबारे निर्णय गर्ने तयारीमा आयोग जुटिरहेको प्रवक्ता वाग्लेले बताएका छन्।