काठमाडौंः पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मार्दा पूर्व वडा अध्यक्ष वेदमन दास थारु र स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो ।
पर्सागढी नगरपालिका ३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । १ लाख २८ हजार १ सय ४० रुपैयाँ र ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।




