April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

यूनिप्रेस कान्तिपुर ट्रेड यूनियन इकाईद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५

606

काठमाडौंः नेपाल छापाखाना तथा आबद्ध श्रमिक संघ, कान्तिपुर पब्लिकेशन एकाइ प्रतिष्ठानको आयोजनामा दसैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंको धुम्बाराहीमा कान्तिपुर यूनिप्रेस प्रतिष्ठानको अध्यक्ष तथा नेपाल ट्रेड यूनियन कांग्रेस बागमती प्रदेशको उपाध्यक्ष निमा लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेस राष्ट्रिय समितिको उपमहासचिव बलदेव तामाङ प्रमुख अतिथि र अतिथिहरुमा उपमहासचिव कुल बहादुर खड्का,केन्द्रीय सदस्य अर्जुन पाठक, NTUC बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराई, सहसचिव उदय लामा लगायत यूनिप्रेसका सल्लाहकारहरु, केन्द्रीय पदधिकारीहरु लगायत ट्रेड यूनियनका नेताहरु सहभागी भएका थिए ।

उक्त शुभकामना तथा चियापान कार्यक्रममा कान्तिपुर पब्लिकेशनमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्द गर्ने अभियानमा तिहार पश्चात लाग्ने अध्यक्ष निमा लामाले प्रतिबद्धता जाहेर गरका थिए । त्यस्तै श्रमिकहरुको हकहितमा सहयोगको लागि नेपाल ट्रेड यूनियन कांग्रेसले कुनै पनि कसुर बाँकी नराख्ने प्रमुख अतिथि बलदेव तामाङले बताएका थिए ।

त्यस्तै अबको अभियान कान्तिपुरमा लामो समय काम गरेका श्रमिकहरुलाई स्थायी गराउने र सामाजिक सुरक्षा कोषमा आबद्द गराउनुपर्ने योजनामा निमा लामा लगायत प्रतिष्ठानको सदस्यहरु लाग्नुपर्ने र यसका लागि भरमग्दुर सहयोग गर्ने बागमती प्रदेशको अध्यक्ष गणेश भट्टराईले प्रदिबद्दता जाहेर गरे । कार्यक्रमको अन्त्यमा सबै श्रमिकहरुले एकअर्कामा शुभकामना आदानप्रदान गर्दै नयाँ सदस्यता वितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।