काठमाडौँ: झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत प्राप्त गरेर पराजित भएका छन् ।
अध्यक्ष ओली हालसम्म ६ पटक निर्वाचित भएका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।