काठमाडौंः लुमन्ति आवास सहयोग समुहद्वारा थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई जबर्जस्ती र उचित विकल्प बिना उठीबास नलगाउन काठमाडौं महानगरपालिकालाई अपील गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समुहले उक्त अपील गरेको हो ।
विज्ञप्तिमा लेखिएको छ: `जबर्जस्ती उठीबासले समस्याको दिगो समाधान नहुने हुँदा सम्बन्धित पक्षहरुबीच छलफल गरि उचित विकल्प सहित व्यवस्थापन आवश्यक छ । अत: यसका लागि काठमाडौं महानगरपालिकाको तर्फबाट आवश्यक कदम चाल्न हार्दिक अपील गर्दछु´।
विज्ञप्ति:




