August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविकः महासचिव गुरुङ

२०७९ मंसिर १८

540

काठमाडौंः नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने बताएका छन् । शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकबारे जानकारी दिँदै महासचिव गुरुङले संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई लिएर हेर्दा सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुने बताएका हुन्।

‘संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं ।’

 

उनले अहिले पार्टीभित्र सरकार गठनको विषय छलफलमा प्रवेश नै नभएको दाबी गर्दै गठबन्धनका घटकहरूकै बीचमा छलफल गर्ने अवस्थामा भएको बताएका छन् ।