August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका दिपक मनाङे नेकपा एसमा प्रवेश

२०७९ मंसिर १९

476

काठमाडौंः राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्। आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पूर्व प्रदेशमन्त्री समेत रहेका मनाङेले मनाङ क्षेत्र नं १ ख बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा,माओवादी केन्द्र लगायतका कुनै पनि दलले मनाङेविरुद्ध उम्मेदवारी दिएका थिएनन्।