October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

धरानकी उषा राईको हत्यामा संलग्न ४ जना पक्राउ

२०७९ मंसिर २०

676

काठमाडौंः धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्त पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उषाको हत्यामा संलग्न मुख्य अभियुक्त धरान १३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान १७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन्।

पक्राउ परेका चारै जनालाई पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गरी गंभिर घाइते बनाएका थिए।

घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ तर,अन्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। डीएसपी श्रेष्ठले अन्य अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन्।

उनले उषालाई कुटपिट भएको भिडियो क्लिप फेला परेकाले हत्यामा संलग्न सबैको पहिचान गरी पक्राउ गरी कानुनी दाहेरामा ल्याएर प्रहरीले कार्वाहि प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाएका छन्।

उषाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेपछि आफन्तले उषाको शवको शल्यपरीक्षण गरी दाहसंस्कार गरेका छन्। उषाकी छोरी स्मृति राईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन्।