August 27, 2026, Thursday
२०८३ भाद्र ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएः अमनलाल मोदी

२०७९ मंसिर २९

648

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् । थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्यो , विद्रोेह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको बिरोध गरेर दोहोरो चरित्र देखाएको बताएका हुन् ।

पाउने बेला राम्रोसंग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधिकरणको व्याख्या भइरहेको उनको भनाइ छ । थारु लगायत उत्पीडित बर्गहरु अन्यायमा परेको भन्दै राज्यले अध्यादेश ल्याउँदा विरोध हुनु दुखद भएको उनले बताए । मोदीले यसअघि एमाले सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भएपनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रंग हावी भएको देखिएको तर्क गरेका छन् । मोदीले अहिले टिकापुरको घटना मात्रै नभएर देशैभरी उठेको माग मुद्धालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरेका छन् ।