काठमाडौंः धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कारबाही गर्न माग गर्दै माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । जातीय आधारमा विभेद गर्नेलाई सिघ्र कारबाही गर्नपर्ने भन्दै विभिन्न राजनितिक दल र संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा दलित आत्मरक्षा अभियान,चमार कल्याण समाज नेपाल,राष्ट्रिय दलित महिला फाउन्डेसन,संयुक्त दलित संघर्ष समिति,पुर्नजागरण पार्टी,राष्ट्रिय नागरिक पार्टी र दलित जागरण अभियान लगायतका राजनितिक दल,संघसस्था एवं विभिन्न व्यक्तिहरु सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरुले जातिगत गाली बन्द गर,जातीय आधारमा गाली गर्नेलाई सिघ्र कारबाही गर ,दलित आन्दोलन जिन्दावाद लगायतका नारा र प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।