August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

काभ्रेमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको भित्तेलेखन अभियान

२०७९ पुष २४

974

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको तीन महिने संगठनात्मक कार्ययोजना तथा संगठन बिस्तार,सुदृढीकरण एवं सुद्धिकरण अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रम काभ्रे जिल्लामा सम्पन्न भएको छ । उक्त पार्टीको काभ्रे जिल्ला समितिको आयोजनामा सो अभियान चलाएको हो ।

अभियानका क्रममा पार्टीले आफ्ना पार्टीका समर्थक एवं शुभचिन्तकसंग भेटघाट तथा भित्तेलेखन कार्यक्रम गरिएको छ । अभियानको पहिलो चरण काभ्रेको रोशी गाउँपालिका हुँदै तेमाल गाउँपालिका ,नमोबुद्ध नगरपालिका,मन्डन देउपुर नगरपालिका र दोलालघाट हुँदै पर्यटकीय स्थल नगरकोटमा पुगेर समापन भएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी काभ्रेका सचिव देव सिं लामाले जानकारी दिएका छन् । काभ्रेको बाँकी अन्य गाउँपालिका र नगरपालिकाहरुमा भने दोस्रो चरणको अभियान चलाइने उनले बताए ।

उक्त भेटघाट तथा भित्तेलेखन अभियान कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी काभ्रेका सचिव देव सिं लामा,केन्द्रीय सदस्यहरु काल्साङ,जेपी मोक्तान,भुपाल सामपाङ,प्रदेश ३ संयोजक बुद्धलक्ष्मी महर्जन,प्रदेश सदस्य प्रभात मोक्तान लगायत पार्टीका स्थानीय समर्थकहरु सहभागी भएका थिए ।