September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नेपाली बक्सिङ खेलाडी सुष्मा फाइनलमा

२०७९ माघ ८

332

काठमाडौं :  नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् ।

बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।

फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन् ।

अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन् ।

फाइनल खेल बुधबार हुनेछ । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।

प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।