September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

राष्ट्रिय योजना आयोगमा ३ सदस्य नियुक्त

२०७९ माघ १६

442

काठमाडौैंः मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

ज्ञवालीले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । त्यसैगरी शाक्य पूर्वराजदूत हुन् भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरिसकेका छन् ।