September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

भारतीय ट्रकलाई नेपाल प्रवेशमा रोक लगाउन व्यवसायीहरुको माग

२०७९ माघ १७

262

काठमाडौंः भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरण लगायत समस्या समाधान गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष व्यवसायीहरुले माग राखेका छन्। मुख्यमन्त्री गिरीले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।

सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीसँगको भेटमा मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन्। भेटमा व्यवसायीले मुख्यमन्त्री गिरीलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराए। व्यवसायीहरुले भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग गरेका छन्।

मुख्यमन्त्री गिरीले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। छलफलमा लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे, महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाट, वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, उपाध्यक्षद्वय विष्णुप्रसाद न्यौपाने, केन्द्रीय सदस्य प्रताप कार्की लगायतका व्यवसायीहरूको सहभागीता रहेको थियो।