October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जात व्यवस्था उन्मुलन मोर्चा,नेपालको प्रथम झापा जिल्ला भेला सम्पन्न

२०७९ माघ १७

500

काठमाडौंः जात व्यवस्था उन्मुलन मोर्चा,नेपालको प्रथम झापा जिल्ला भेला सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय संयोजक राज कुमार हिङमाङ, सह संयोजक शान्ति गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका केन्द्रीय सचिवालय सदस्य तथा वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक डि.बि. सर्वश्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका केन्द्रीय सदस्यहरु राजु दास, अतीत ,मंगेस एवं पाँचथर जिल्ला संयोजक प्रताप र तेह्रथुम संयोजक सुरेन्द्र कार्कीको उपस्थितिमा रमेश मंग्राती संयोजक रहने गरि १९ सदस्यीय झापा जिल्ला समिति गठन गरिएको हो ।

मोर्चाको सहसंयोजकमा महेन्द्र रसाइली,सचिवमा अभिषेक सुनार र सदस्यहरुमा ,ईन्द्र सासंखर,शुसिला बराईली,बाल कुमार विश्वकर्मा,सुरेश लकान्द्री,डिल्ली रुचाल,प्रकाश भुईमाली,परीक्षण दास,तुलसी गजमेर,टीका दास ,हिरा उपरोकटि,मेहरा देहरी,मन कुमार लकान्द्री,ज्ञानु पाँचकोटी,तिलक संखर,जीवन विश्वकर्मा रहेका छन् ।